संघीय संसदको संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको लागि प्रस्तावित न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालको नाम अनुमोदन गरेको छ।
संसदीय सुनुवाई समितिले शुक्रबार सुनुवाई गरी प्रस्तावित नामहरुलाई सर्वसम्मतिले अनुमोदन गरेको हो। संसदीय समितिमा दुवै न्यायाधीशविरुद्ध उजुरी परेको थियो।
साथै प्रस्तावित न्यायाधीश नहकुल सुवेदीको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा समेत मुद्दा परेको थियो। अदालतले केही दिन अघि (चैत्र ३० गते) मुद्दा किनारा लगाएसँगै समितिले पनि अनुमोदन गरेको छ।
न्यायपरिषद्को फागुन २८ गते बसेको बैठकले सुर्खेत उच्च अदालतमा मुख्य न्यायाधीश रहेका सुवेदी र उच्च अदालत पाटनका मुख्य न्यायाधीश रहेका चुडालको नाम सिफारिस प्रस्ताव गरेको थियो।
शुक्रबारको संसदीय सुनुवाईमा अनुमोदन भएका दुवै न्यायाधीशहरुले सर्वोच्च अदालतमा आफ्नो न्याय सम्पादन र प्रतिवद्धताबारे धारणा राखेका थिए।

प्रतिक्रिया