कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्।
शुक्रबार बसेको प्रदेशसभाको बैठकको दोस्रो सत्रमा मुख्यमन्त्री शाहीले मागेको विश्वासको मत पाएका हुन्। उनको पक्षमा २२ मत परेको छ।
सो प्रदेश सभामा ३९ सांसद छन् । जसमा एमाले १९, माओवादी केन्द्र १२, नेपाली कांग्रेस ६ र राप्रपाका १ सांसद रहेका छन्।

प्रतिक्रिया