राजनीति


कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले लिने विश्वासको मतमा राप्रपा तटस्थ बस्ने

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीले लिने विश्वासको मतमा राप्रपा तटस्थ बस्ने

नेपालखबर
बैशाख ३, २०७८ शुक्रबार ४:२५,

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले लिने विश्वासको मतमा राप्रपा तटस्थ बस्ने भएको छ।

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रबाट निर्वाचित मुख्यमन्त्री शाहीले आज (शुक्रबार) प्रदेश सभामा विश्वासको मत लिँदैछन्।

सरकारलाई दिएको समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।

कर्णाली प्रदेश सभामा राप्रपाको एक जना मात्र सदस्य छ।

राप्रपाका नेता मोहन श्रेष्ठले आफ्ना प्रदेश सांसद सोशीला शाही तटस्थ बस्ने जानकारी नेपालखबरलाई दिए।

कर्णाली प्रदेशमा सभामुखसहित नेकपा एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।

मुख्यमन्त्री शाहीलाई पदमा रहन २० सांसदको मत आवश्यक पर्छ। 

माओवादी केन्द्रका एकजना सांसद धर्मराज रेग्मीको पद भने एमालेमा गएका कारण पार्टीले कारबाही गरेपछि गएको छ।

अहिले बिहान ११ बजे कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बस्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad