अमेरिकाले साइबर आक्रमण र शत्रुतापूर्ण गतिविधिको आरोप लगाउँदै रुसविरुद्ध प्रतिबन्ध लगाएको छ। साथै १० कूटनीतिज्ञलाई निष्कासन गरेको छ।
बीबीसीका अनुसार ह्वाइट हाउस (अमेरिकाको राष्ट्रपति कार्यालय) ले प्रतिबन्धको उद्देश्य रुसका ‘हानिकारक गतिविधि’ रोकथाम भनेको छ।
ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गत वर्ष ‘सोलरविन्ड्स’को ठूलो ह्याकिङमा रुसका कूटनीतिज्ञको हात थियो।’
साथै अमेरिकाले गत वर्ष सन् २०२० मा सम्पन्न आफ्नो राष्ट्रपतीय निर्वाचनमा पपिन रुसले हस्तक्षेप गरेको आरोप लगाएको छ।
यसैबीच रुसले भने आरोप अस्वीकार गर्दै अमेरिकाको कदमको जवाफ दिने चेतावनी दिएको छ।
3
Shares

प्रतिक्रिया