राजनीति


लुटेरा पाराले सरकारमा जान नपाएपछि प्रतिगमनको हल्लाः प्रधानमन्त्री

लुटेरा पाराले सरकारमा जान नपाएपछि प्रतिगमनको हल्लाः प्रधानमन्त्री

नेपालखबर
बैशाख १, २०७८ बुधबार १३:२,

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले कुनै प्रतिगमन नभएको दाबी गरेका छन्।

‘लोकतन्त्रका योद्धा’ सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कसैको लुटेरा पाराले सरकारमा पुग्ने प्रयास रोकिएपछि प्रतिगमन भयो भन्दै हिँडेको आरोप लगाए।

पुष्पकमल दाहालप्रति इंगित गर्दै उनले भने, ‘आफूले ध्वस्त पार्न खोज्ने, ध्वस्त पार्न सकेन भने प्रतिगमन भयो भनेर हल्ला चलाउने?’

आफू प्रधानमन्त्री हुन नपाएपछि केही व्यक्तिले प्रतिगमन भयो भन्दै हल्ला चलाएको ओलीको भनाइ छ।

‘के हो प्रतिगमन भनेको?’ उनले प्रश्न गरे, ‘उनीहरुले परिर्वतन नै बुझेका छैनन् कि क्या हो?’

प्राप्त गरेका उपलब्धिहरु गुमे भने, संविधान खोसियो भने मात्र प्रतिगमन हुने ओलीको भनाइ थियो।

अहिले मुलुकमा लोकतन्त्रका मूल्य मान्यता नगुमेको दाबी गर्दै उनले भने, ‘केही मानिसको महत्वकांक्षा पुरा हुन पाएन। कुरा यहि हो।’

‘देशमा संघीय गाणतन्त्र प्राप्त भयो। तर प्राप्त कसलाई भयो?’, ओलीको प्रश्न थियो।

जसले बलिदानी दिए उनीहरुका परिवारलाई, जो घाइते भएर क्षतविक्षत भए उनीहरुका लागि केही पनि प्राप्त नहुने, उनीहरुका बा आमाहरु वृृृृृद्ध बेसहारा हुने तिनका बालबच्चा बेसहारा हुने अवस्था आउनु दुर्भाग्य भएको उनको भनाइ छ।

सरकारी कर्तव्य निर्वाह गर्ने, विद्रोही र सर्वसाधारण सवैले द्वन्द्वको पीडा भोग्न बाध्य भएको प्रधानमन्त्रीले बताए।

‘जोसुकै भए पनि यो पीडा हो। अब सबै पीडाका घाउहरु मेटाउँदै जानुपर्छ’, उनले भने।

यो पनिः
अचम्म ! मुद्दा लडेर ल्याएको संसद् चल्न दिइएनः प्रधानमन्त्री

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad