नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताएका छन्।
नेपाली कांग्रेस चितवन खैरहनी नगर समितिले आज चितवमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा बोल्दै नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागी नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन्।
‘देशमा सरकार छ कि छैन, भनेर खोज्नु पर्ने अवस्था छ’, उनले भने, ‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। ओलीले नैतिक, राजनैतिक तरवरले प्रधानमन्त्री हुने वैधानिकता गुमाए, तत्काल राजीनामा दिनुपर्छ।’
साथै नेता सिंहले नेपालमा लोकतन्त्र जोगाउनको लागि कांग्रेस मजबुत हुनुपर्ने भन्दै आगामी महाधिबेशन समयमै हुनुपर्ने बताए।
‘नेपाली कांग्रेसले देश र जनतालाई संकट पर्दा सधैँ महत्वपूर्ण भूमिका खेल्ने गरेको छ। नेपाली जनताको पार्टी नेपाली कांग्रेस हो। राणा शासन हटाउनेदेखि प्रजातन्त्र स्थापना र संविधान निर्माणमा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्ने गरेको छ’, उनले भने।
सरकारले समृद्ध नेपाल सुखी नेपाली नारामा मात्र सिमीत गरेकोे भन्दै प्रदेश सरकार र स्थानीय सरकारको अधिकार खोस्ने प्रयास गरिरहेको उनको दाबी छ।
लोकतन्त्र भए मात्र जनताले आफ्नो शासनको महसुस गर्ने हुदाँ अहिले नेपाली कांगे्रसले संविधान र लोकतन्त्र धरापमा परेकाले कांग्रेस बाध्य भएर सरकार निमार्णमा अग्रसरता लिएको उनको भनाइ छ।
फरक प्रसंगमा मा बोल्दै पाटि को अधिवेशन निरधारित समयमा हरहालतमा गर्नुको विकल्प नरहेको भन्दै पार्टीविधानको गलत प्रयोग गरेर असहज परिस्थितिमा प्रयोग गरिने विधानका विशेष धारा काम नगरेर गलत प्रयोग भयको समेत बताए।
पार्टी विधि र पद्धतिमा चलाउन नसक्नु अहिलेको नेतृत्वको कमजोरी रहेको भन्दै पार्टीभित्र सबैले आआफ्नो हैसियत र ओैकातभित्र रहनुपर्ने भन्दै गलत नेतृत्व चयन भए कांग्रेसको अस्तित्व समाप्त हुने भन्दै सुझबुझ प्रयोग गर्न कार्यकर्तालाई अपिल समेत गरे।

प्रतिक्रिया