राजनीति


नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापन

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापन

नेपालखबर
चैत ३१, २०७७ मंगलबार १२:२७,

रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा यही चैत १६ गतेदेखि सञ्‍चालन भएको सि.सं. ६ उच्चस्तरीय सुरक्षा तालिम समापन भएको छ।

तालिमको (मंगलबार) प्रधानमन्त्री तथा रक्षामन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा समापन भएको हो।

कार्यक्रममा प्रधानमन्त्री तथा रक्षामन्त्री ओलीले नयाँ वर्ष २०७८ सालको शुभकामना सहित समापन मन्तव्य राखेका थिए।

त्यसक्रममा प्रधानमन्त्री ओलीले तालिमका सहभागीहरुले राष्ट्रिय सुरक्षा सम्बन्धी विविध आयामबारे एथेष्ट ज्ञान हासिल गरेको विश्वास व्यक्त गर्दै वर्तमान जटिल विश्व परिस्थितिमा सुरक्षाका विभिन्न आयामहरु रहेको तथा सक्षम र शान्तिपूर्ण समाज निर्माणको लागि सबै आयामहरुलाई उत्तिकै महत्व दिनुपर्ने बताए।

समापन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सबैको साझा दायित्वको रुपमा व्याख्या गर्दै यस तालिमले सुरक्षाका विविध पक्षहरु थप उजागर गर्न र राष्ट्रका विभिन्न निकायहरु बीच समन्वय, सहकार्य र सौहार्दपूर्ण वातावरणको विकास गर्न सहयोगी भूमिका खेलेको विश्वास व्यक्त गरे।

२०७२ सालबाट शुरु गरिएको यस तालिममा नेपाल सरकारको विभिन्न निकाय, नेपाल रेडक्रस सोसाइटी, राष्ट्रिय समाचार समिति, नेपाली सेना र अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु गरी २५ जना शिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको थियो भने हालसम्म ११५ जनाले यस तालिममा सहभागिता जनाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .