पर्यटन विभागले वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि २९० जनालाई अनुमति दिएको छ।
विभागले ३० दलका २३० जना पुरुष र ६० जना महिलालाई अनुमति दिइएको हो।
विभागले सगरमाथा आरोहीबाट मात्रै ३६ करोड ८९ लाख राजस्व उठाएको छ।
११ हिमाल आरोहणका लागि विभागले ४९२ जनालाई अनुमति दिएको छ। मनास्लु, अमादब्लाम, अन्नपूर्ण, धौलागिरी, लोत्से, मकालु, नुप्तसे, पुमोरी, तिलिचो र टुकुचे आरोहणका लागि ५५ दललाई अनुमति दिएको छ।
विभागले वसन्त ऋतुमा ४० करोड १६ लाख रुपैयाँ राजस्व उठाएको छ। गतवर्ष कोभिडका कारण ठप्प भएको हिमाल आरोहण यो वर्ष सामान्य तर्फ फर्किदैछ।

प्रतिक्रिया