नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अस्थिर राजनितिक अवस्थाबाट मुलुकलाई निकास दिन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताएका छन्।
मंगलबार चितवन पुगेका नेता सिंहले पत्रकारहरुसँग कुराकानी गर्दै वर्तमान सरकारले मुलुकलाई अस्थिरतातर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसंवत तरिकाले निकास दिनुपर्ने अवस्था आएको बताए।
उनले भने, ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको तर देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निमार्णका काम गरी निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ।’
उनले नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधै पुरा गरेको र अहिले पनि पुरा गर्ने बताए। मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलाई हटाउन कांग्रेस आफैँ अग्रसर भएको उनको दाबी छ।
‘अहिलेको सरकारले न भष्ट्राचार रोक्यो,न सुशासन कायम ग¥यो, न विकास निमार्णका कार्य ग¥यो, विकास बजेटसम्म पनि खर्च गर्न सकेन’, उनले भने, ‘राजनीतिमा नैतिकताको धेरै महत्व हुन्छ। यो सरकारले नैतिकता गुमाइसकेको छ। यसको विकल्प तत्काल दिनुपर्छ।’
कांग्रेसका लागि महाधिवेशन कि सरकारको नेतृत्व महत्वपूर्ण? भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले भने, ‘हाम्रा लागि देश र जनता महत्वपूर्ण हुन।अहिलेको अवस्थाबाट निकास दिलाउन हामी सरकारमा पनि जान्छौं। महाधिवेशन पनि गर्छौँ।’
साथै उनले कांग्रेसको आगामी महाघिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताए।
नेता सिह नेपाली कांग्रेस खैरहनी नगर समितिले आयोजना गर्ने कार्यक्रममा सभागी हुन चितवन आएका हुन्।

प्रतिक्रिया