नयाँ नेपाली मौलिक लोक दोहोरि गीत ‘हुन्न कसैको...’ सार्वजनिक गरिएको छ। नयाँ वर्षको पूर्वसन्ध्या पारेर यो गीतलाई गायिका सुनिता दुलालको च्यानलबाट सार्वजनिक गरिएको हो।
यो लोक दोहोरी गीतलाई नयाँ पुस्ताकी गायिका सुनिता दुलाल र गायक तथा संगीतकार दिनेश परियारले गाएका छन्। गीत यी दुईको स्वरमा निकै कर्णप्रिय बनेको छ। जसमा दिनेश परियारको शब्द, संगीत तथा एरेन्ज रहेको छ।
अहिलेका ब्यस्त मानिने मोडल अर्जुन गौतम र आलिशा बास्तोलाले यो गीतको भिडिओमा अभिनय गरेका छन्। यी दुई कलाकारका साथमा प्रकाश कुमार दर्लामी, सौगातजंग थापा, साइमन भट्टराई, कमला बस्नेत, समिक्षा भुजेललगायतको अभिनय रहेको छ।
भिडिओलाई युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेका हुन्। जसमा सुजन श्रेष्ठको छायांकन रहेको छ।
यो गीतको भिडिओलाई दोलखा तथा सिन्धुपाल्चोकको रमणीय स्थलमा छायांकन गरिएको छ। भिडिओको कथामा लेकमा बस्ने गोठालाहरुको कथालाई समेटिएको छ।

प्रतिक्रिया