सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीविरुद्धको रिट खारेज भएको छ।
सोमबार उनीविरुद्धको रिटमा सुर्वोच्चले सुनुवाइ गर्दै योग्यता नपुगेको भन्ने रिट निवेदकको दाबी नपुग्ने देखिएको भनी सो रिट खारेज गरिदिएको हो।
न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार त्यसबारे संक्षिप्त आदेश जारी गरेको छ।
सुवेदीले राजपत्रांकित प्रथम श्रेणी र सोभन्दा माथिल्लो विशिष्ट श्रेणीको मुख्य रजिष्ट्रारसम्मको पदमा १० वर्ष ४ महिना १८ दिन मात्रै काम गरेको निवेदकको दाबि थियो।
रिटमा संविधानको धारा १२९ को उपधारा (५) ले व्यवस्था गरे बमोजिम १२ वर्ष नपुग्ने दाबि गरिएको थियो।
तर इजलासले उनले १२ वर्षभन्दा बढी सो श्रेणीका पदमा रहेर काम गरिसकेको र योग्यता पुग्ने देखिएको ठहर गरेको छ।
यो पनि : सर्वोच्चको न्यायाधीशमा नहकुल सुवेदीको योग्यता नपुग्ने सर्वोच्च बार एशोसियशनको ठहर (पूर्णपाठ)
अदालतको आदेशमा भनिएको छ, ‘सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति हुने योग्यता नपुगेको नै देखिँदा संविधानको उक्त धारा बमोजिम निजको योग्यता नपुगेको हुँदा निजको नियुक्ति उत्प्रेषणको आदेशले बदरगरी पाउँ भन्ने जिकिर पुग्न सक्दैन। प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ।’
बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुवेदीलाई न्यायाधीश नियुक्ति गरिएको विरुद्धमा न्यायापरिषद् सहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
आदेशको पाठ:







प्रतिक्रिया