कारोबार


विदेशिने युवा ७५ प्रतिशतले घट्दा पनि ८ प्रतिशतले बढ्यो रेमिट्यान्स

विदेशिने युवा ७५ प्रतिशतले घट्दा पनि ८ प्रतिशतले बढ्यो रेमिट्यान्स

नेपालखबर
चैत ३०, २०७७ सोमबार १२:१९,

चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रेमिट्यान्स (विप्रेषण आप्रवाह) ८ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ।

चालू आर्थिक वर्षको फागुनसम्ममा ६ खर्ब ४२ अर्ब १४ करोड रेमिट्यान्स भित्रिएको हो।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १ दशमलव ५ प्रतिशतले बढेको थियो।

त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ प्रतिशतले वृद्धि भई ५ अर्ब ४५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १ दशमलव ५ प्रतिशतले बढेको थियो ।

फागुन मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७४ दशमलव ८ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४ दशमलव २ प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६५ दशमलव २ प्रतिशतले घटेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २ दशमलव ७ प्रतिशतले घटेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad