हालै शान्तिपूर्ण राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई रूपन्देही जिल्ला अदालतले बयानका लागि बोलाएको छ।
विस्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा उनलाई सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र अदालतमा हाजिर हुन भनिएको हो।
रूपन्देही जिल्ला अदालतद्वारा जारी सूचनामा भनिएको छ, ‘तोकिएको म्यादभित्र नआई म्याद गुजारी बसेमा कानुनबमोजिम मुद्दा फैसला हुनेछ।’
कपिलवस्तुको शिवराज नगरपालिका–९ शिवगढीस्थित घरमा फेला नपरेकाले गोरखापत्रमा सूचना प्रकाशन गरी बोलाइएको अदालतले जनाएको छ।

गत फागुन २१ गते सरकार र विप्लवको नेपाल कम्युनिस्ट पार्टीबीच ३ बुँदे सहमति भएको थियो। योसँगै सरकारले त्यस पार्टीविरुद्ध लगाइएको प्रतिबन्ध हटाएको थियो भने तथा कारागार/हिरासतमा रहेका उसका नेता/कार्यकर्ता रिहाइ तथा उनीहरूविरुद्ध लगाइएका मुद्दा फिर्ता गर्ने सहमति गरेको थियो।
Shares

प्रतिक्रिया