ad ad

राजनीति


सरकार अध्यादेशले शासन चलाएर अर्कै व्यवस्था ल्याउन खाेज्दै छः शक्ति बस्नेत

सरकार अध्यादेशले शासन चलाएर अर्कै व्यवस्था ल्याउन खाेज्दै छः शक्ति बस्नेत

नेपालखबर
चैत ३०, २०७७ सोमबार ८:४६,

नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले सरकार संसदलाई ‘सो पिस’ बनाएर अर्कै व्यवस्था ल्याउन उद्यत रहेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकार अध्यादेशको भरमा राज्य सञ्चालन गर्ने, बालुवाटारबाट प्रतिक्रिया दिएर आफ्नो जिम्मेवारी पूरा गर्ने कुरामा रमाइरहेको बताएका हुन्।

‘संसदको अस्तित्वलाई स्वीकार गर्न गाह्रो परिराखेको छ? सरकार संसदलाई एउटा सो पिस बनाएर मुलुकलाई अर्कै प्रणाली र विधिमा सञ्चालन गर्न खोजिरहेको त छैन?’, बस्नेतले प्रश्न गरे।

उनले राष्ट्रपतिले वितरण गरेको पदकमा चुच्चे नक्सा किन गायब गरिएको भन्दै प्रश्न गरे। सरकारले गैरजिम्मेवार जवाफ दिएर पन्छिन खोजेको भन्दै २०७६ मै पदक दिने निर्णय भए पनि वितरण अहिले २०७७ मा गरिएको दाबी गरे।

सांसद बस्नेतले गणतन्त्र र प्राप्त उपलब्धिको रक्षा गर्नको लागि सरकारलाई दिएको समर्थन फिर्ता नगरेको दाबी गरे।

‘हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम राख्नुको अर्थ सरकारका अलोकतान्त्रिक र असंवैधानिक कदमलाई समर्थन गर्नु होइन, सहयोग गर्नको लागि पनि होइन’, बस्नेतले संसदमा भने।

यो संसद जनमतबाट बनेको बताउँदै उनले संसदको रक्षा जनबलबाट भएको उल्लेख गरे।

उनले भने, ‘जनादेशबाट बनेको संसदलाई असंवैधानिक तवरले समाप्त गर्ने जुन दुष्प्रयत्न भएका थिए। संसदको रक्षा, रखवाली गर्नको लागि हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम राखेको छ।’

आफूहरु सरकारको सबैखालका असंवैधानिक कदमको साक्षी बसेर ल्याप्चे लगाइराखेको भन्ने भ्रम चिर्न पनि उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .