ad ad

राजनीति


संसदमा आवाज : राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायव पारियो

संसदमा आवाज : राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायव पारियो

नेपालखबर
चैत ३०, २०७७ सोमबार ८:१८,

नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रबहादुर महतले राष्ट्रवाद देखाएर चुच्चे नक्सा गायब पारिएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले मेलम्ची देखाएर पेट्रोल र डिजेलको भाउ बढाएको, धरहरालाई देखाएर डण्डी र सिमेन्टको भाउ बढाएको, विकास र समृद्धि देखाएर नुन, तेल, चामल र दालको मूल्य बढाएर जनताको ढाड सेकिएको बताए।

‘राष्ट्रवाद् देखाएर यहाँ चुच्चे नक्सा गायव पारिसकियो,’ महतले संसदमा भने, ‘पार्टीभित्रको समस्या देखाएर संसदको ढाड भाँचियो, कोरोना देखाएर जनतालाई डुबाइयो, सभामुखमार्फत् सबै जनताको ध्यान जाओस्, संसदको ध्यान जाओस्,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .