राजनीति


बुढानिलकण्ठमा कांग्रेस, माओवादी र जसपाबीच निर्णायक वार्ता

बुढानिलकण्ठमा कांग्रेस, माओवादी र जसपाबीच निर्णायक वार्ता

नेपालखबर
चैत २७, २०७७ शुक्रबार १०:४५,

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीचको बैठक सुरु भएको छ।

नयाँ सत्ता समीकरणका विषयमा ठोस् निर्णय गर्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार दिउँसो तीन दलबीच छलफल सुरु भएको हो।

सभापति देउवाको आह्वानमा भएको बैठकमा कांग्रेसबाट देउवा, महामन्त्री शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन्।

बैठकमा जसपाबाट अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, संघीय परिषद् सदस्य डा. बाबुराम भट्टराई, नेता राजेन्द्र महतो सहभागी रहेको देउवानिकट स्रोतले बतायो।

नयाँ सत्ता समीकरणलाई लिएर दुई धार देखिएको जसपाका शीर्ष नेताहरु सबै आजको बैठकमा सहभागी भएका छन्। यसअघि अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमनत्री केपी शर्मा ओलीसँग र अध्यक्ष यादव र भट्टराई पक्ष कांग्रेस माओवादीसँग छलफलमा थिए।

मध्यावधि निर्वाचनको पक्षमा रहेका सभापति देउवा पार्टीभित्रको दबाब र माओवादी केन्द्रसँगको निरन्तर छलफलपछि नयाँ सत्ता समीरकणबारे छलफल गर्न तयार भएका हुन्।

आजको बैठकबाट नयाँ सत्ता समीकरणका विषयमा सहमति हुन सक्ने बैठकमा सहभागी एक नेताले बताए। 

याे पनि :  तीन दलको बैठक बोलाउन देउवा यसरी भए सहमत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad