राजनीति


प्रचण्डले खुट्टै टेकेनन्, ओलीले लात हानेपछि बल्ल ठिक भयो : देउवा (भिडिओ)

प्रचण्डले खुट्टै टेकेनन्, ओलीले लात हानेपछि बल्ल ठिक भयो : देउवा (भिडिओ)

नेपालखबर
चैत २७, २०७७ शुक्रबार ९:२७,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई धेरै पटक प्रधानमन्त्री बनाउँछु भन्दा पनि नमानेको बताएका छन्।

निजामती कर्मचारी युनियनको भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले गत निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेपनि नमानेर एमालेसँग एकता गरेको तर अहिले धोका पाएको बताए।

‘मैले प्रचण्डलाई तपाई नै हो प्रधानमन्त्री बन्नु भनेको हो नि। उनी उता गईदिए। तपाई नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले। बल्ल थाहा पायो प्रचण्डले आएर। धेरै पटक प्राईमिनिस्टर बनाउन खोजेको होइन हामीले प्रचण्डलाई?’ उनले भने, ‘तपाईंहरुलाई थाहा छ नि। खुट्टै नटेक्ने मान्छे। ओलीले लात हानेपछि ठिक्क भएको छ।’

सभापति देउवाले अब चुनावमा जानुपर्ने अवस्था पनि आउनसक्ने बताए। तत्काल सरकार गठन गर्न नसके चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने उनले बताएका हुन्।

उनले अब चुनाव जितेर नेपाली कांग्रेसको सरकार बनाउनुपर्ने धारणा बताए।

‘चुनावबाहेक अर्को बाटो नहुन सक्छ। चुनावमा जानुपर्ने बाध्यता हुन सक्छ’ उनले भने, ‘चुनावमा गएर जितेर हाम्रो सरकार बनाउनुपर्छ।’

उनले संसदमा आफूहरुको संख्या कम भएको र सरकार गठनका लागि अरुलाई आग्रह गर्दा पनि कसैको सहयोग नपाएको दुखेसो पोखे। सभापति देउवाले पहिला गणितीय संख्या पुगेपछि बल्ल प्रधानमन्त्री को हुने भन्ने कुरा गर्ने पनि बताए।

‘सरकार बनाउन अग्रसर किन नहुने नि। कसलाई बनाउने हो म तयार छु। म आफू नै हुनुपर्छ भनेको पनि छैन। म नै हुनुपर्छ कहाँ भनेको छु मैले?’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad