राजनीति


ताइवान कब्जा गर्छु भन्ने चीनले उसको आकाश र समुद्री क्षेत्रमा गएर गर्‍यो शक्ति प्रदर्शन

ताइवान कब्जा गर्छु भन्ने चीनले उसको आकाश र समुद्री क्षेत्रमा गएर गर्‍यो शक्ति प्रदर्शन

नेपालखबर
चैत २६, २०७७ बिहिबार १३:१६,

चीनले ताइवान आफ्नो भूमि भएको बताउने गरेको छ। यद्यपी ताइवानले आफू स्वतन्त्र राष्ट्र भएको दोहोर्याउँदै आएको छ।

यसबीचमा यस टापुलाई आक्रमण गरेरै कब्जा गर्ने बताउँदै आएको चीनले सोमबार ताइवानको हवाई र समुद्री क्षेत्रमै घुसेर शक्ति प्रदर्शन गरेको ताइवानले बताएको हो।

चिनियाँ रक्षामन्त्रालयले ताइवान वरपर आफ्नो लायोनिङ युद्धपोतसहित युद्ध अभ्यास भइरहेको जानकारी दिएको छ। बेइजिङले वार्षिक सैन्य कार्यक्रम अन्तगर्त सैन्य अभ्यास भएको बताएको छ।

तर ताइवानको हवाई र समुद्री क्षेत्रमा गएको विषयमा भने उसले केही खुलाएको छैन।

ताइवानको रक्षा मन्त्रालयका अनुसार चिनियाँ जनमुक्ति सेनाका १० युद्धक विमान ताइवानको हवाई क्षेत्रमा घुसेका हुन्।

मन्त्रालयले भनेको छ,‘चिनियाँ जनमुक्ति सेनाका चार जे–१६ विमान, चार जे–१० विमान, एक वाई–८ एन्टी–सबमरिन विमान र एक केजे–५०० विमान हाम्रो हवाई क्षेत्रमा घुसेका हुन्।’

ताइवानका रक्षा मन्त्रालयका अनुसार बुधबार समेत चीनका १५ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा आएका थिए।

यसक्रममा चीनको युद्धपोतसहितका सैन्य जहाजहरु ताइवान स्ट्रेट ‘चीन र ताइवानको समुद्री सिमाना’ पार गरेको पनि ताइवानको भनाइ छ।

चीनका राष्ट्रपति सी चिनफिङले गतवर्ष ताइवान आफ्नो भूमि भएको र यलाई स्वतन्त्र हुन चीनले कहिल्यै नदिने बरु शक्ति प्रदर्शन गरेर कब्जा गर्ने चेतावनी दिएका थिए।

यसबीचमा अमेरिकाले ताइवानलाई हतियारहरु बेच्न थालेपछि चीन अमेरिकासँग रुष्ट छ। ताइवानले चीनको एक देश दुई प्रणाली त्यहाँ नचल्ने बताउँदै गर्दा चीन ताइवानप्रति झनै आक्रामक बनेको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .