राजनीति


माओवादी छाडेर एमालेमा गएका आङ्बुहाङको प्रदेशसभा सदस्य पद खारेज

माओवादी छाडेर एमालेमा गएका आङ्बुहाङको प्रदेशसभा सदस्य पद खारेज

नेपालखबर
चैत २६, २०७७ बिहिबार १२:५२,

नेकपा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङको प्रदेशसभा सदस्य पद खारेज भएको छ।

सभामुख दीपकुमार भण्डारीले बिहीबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रले कारबाही गरेका प्रदेश सभा सदस्य आङ्बुहाङ पदमुक्त भएको जानकारी गराएका हुन्।

माओवादी केन्द्रले आङ्बुहाङले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐनअनुसार प्रदेशसभा सदस्यबाट हटाउन माओवादी केन्द्र पत्र पठाएको थियो। सभामुख भण्डारीले बैठकमा माओवादीले प्रदेशसभा सचिवालयमा दर्ता गराएको पत्र पढेर सुनाएका थिए।

उनले मन्त्री आङबुहाङको पद खारेज भएसँग एक प्रदेशसभा पद रिक्त भएको सदनलाई जानकारी गराएका थिए।

प्रदेश सभा सदस्य खारेज भएसँग आबुहाङ मन्त्री नरहेको र प्रदेश सभा सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने कानुनी व्यवस्था अनुसार उनलाई पुनः सपथ गराउनुपर्ने छ।

आङबुहाङ गत प्रदेश सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट ताप्लेजुङ को १ (ख) निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .