राजनीति


एमाले प्रवेश गरेका माओवादीका चार मन्त्रीको सांसद पद खारेज

एमाले प्रवेश गरेका माओवादीका चार मन्त्रीको सांसद पद खारेज

नेपालखबर
चैत २६, २०७७ बिहिबार ९:२९,

नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खारेज भएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराएका हुन्।

माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर चार जनालाई कारबाही गरिएको जानकारी गराएका थिए।

माओवादीले अर्घाखाँची (१) बाट निर्वाचित टोपबहादुर रायमाझी, कैलाली (४) का लेखराज भट्ट, रौतहट (३) का प्रभु साह र कैलाली (३) बाट निर्वाचित गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको संसद सचिवालयलाई जानकारी गराउँदै उनहरुलाई पदमुक्त गर्न आग्रह गरेको थियो।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन्। चारैजना सांसद मन्त्री छन्।

सांसद नरहेका मन्त्रीहरु ६ महिनासम्म मन्त्री रहन पाउँछन्।

यो पनि : 
ओली सरकारमा गएका चार सांसदलाई माओवादीले गर्‍यो कारबाही (पत्रसहित)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad