नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा नागरिक दैनिकका पत्रकार बालकृष्ण अधिकारी विजयी भएका छन्।
बुधबार सम्पन्न प्रत्यक्ष निर्वाचनको मतपरिणामअनुसार ९४० मत ल्याएर अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै उनकै प्यानलका वीरेन्द्र ओली उपाध्यक्ष, रामकुमार शाही महासचिव, रुक्मिणी पोखरेल महिला उपाध्यक्ष, नरेन्द्र मानन्धर सचिव खुला, पार्वती खड्का सचिव समावेशी र केशवप्रसाद बोहरा कोषाध्यक्ष निर्वाचित भएका छन्।

प्रतिक्रिया