लेखक खगेन्द्र संगौलालाई ४ लाख रुपैयाँसहित सम्मान गरिने भएको छ।
लेखन माध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्याएको भन्दै ‘पहिचान पुरस्कार कोष’ले उनलाई ४ लाख २ हजार २ रुपैयाँसहित ‘पहिचान सम्मान’ प्रदान गर्ने भएको हो।
आउने वैशाख ४ गते कार्यक्रम आयोजना गरी साहित्यकार संग्रौलालाई सम्मान गरिने कोषले जनाएको छ।
२०७२ सालमा सिक्किममा स्थापित ‘पहिचान पुरस्कार कोष’ संस्थाले लेखन तथा साहित्यमार्फत पहिचानका क्षेत्रमा योगदान पुर्याउने लेखकलाई हरेक वर्ष पुरस्कार दिने गरेको छ।

प्रतिक्रिया