पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार मुलुकभर भएको निर्वाचनको बिभिन्न ठाउँमा मतगणना सुरु भएको छ।
ललितपुर जिल्ला शाखामा भएको मतदानमध्ये केन्द्रीय सदस्यका लागि खसेको मत गणनाको प्रारम्भिक परिणाम आउन सुरु भएको छ।
उपत्यका प्रदेशको केन्द्रीय सदस्यका लागि भएको निर्वाचनको प्रारम्भिक जानकारीअनुसार निर्मला शर्मा प्यानलका बिदुर ढुङेलले ४६ र हेमराज सिलवालले ३२ मत पाएका छन् भने बिपुल पोख्रेल प्यानलतर्फका शान्तराम बिडारीले १०१ र ज्ञानप्रसाद पौडेलले १४० मत पाएका छन्।
उपत्यका प्रदेशबाट बढि मत ल्याउने दुईजना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

प्रतिक्रिया