नेपाल पत्रकार महासंघको ललितपुर शाखामा आज बुधबार भएको निर्वाचनको मतगणना सुरु भएको छ।
सो जिल्ला शाखामा कुल मतदाता ४ सय ५४ रहेकोमा ३ सय ८३ मत खसेको थियो।
सोहि शाखामा उपत्यका प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानमा ३ सय ७९ मत खसेको छ।
त्यसैगरी केन्द्रीय नेतृत्वका लागि ३ सय ८० मत खसेको प्रमुख निर्वाचन अधिकृत कमल गिरीले बताए।
ललितपुर जिल्ला शाखाको पदाधिकारीमध्ये अध्यक्ष पदमा सागर न्यौपाने, सृजना तिम्सिना र बालमुकुन्द आचार्य प्रतिस्पर्धामा छन्।
मतगणना राति १० बजेपछि सुरु भएको गिरीले बताए।
यो पनि:

प्रतिक्रिया