राजनीति


म्यानमारका नागरिकको जीवनरक्षाका लागि काठमाडौंमा प्रदर्शन

म्यानमारका नागरिकको जीवनरक्षाका लागि काठमाडौंमा प्रदर्शन

नेपालखबर
चैत २५, २०७७ बुधबार १४:१८,

शान्तिवादीहरुले आँखा तथा निधारमा कालोपट्टी बाँधी मैनवत्ती बोकेर आज बुधबार साँझ काठमाण्डौ बौद्धमा प्रदर्शन गरेका छन्।

म्यानमार (बर्मा)का नागरिकको जीवनरक्षा, शान्ति र लोकतन्त्र वहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजद्वारा साँझ ६ः३० देखी ७ बजेसम्म बौद्धनाथ अगाडि प्रदर्शन गरिएको हो।

सो प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य चन्द्रमणी बञ्जारा सहभागी थिए।

त्यसैगरी अधिकारकर्मीहरु दुर्गा राना, उमा गौतम, रुपा गिरी, रोज विष्ट, नानीकाजी गिरी, ईश्वर पुडासैनी, किरण ढकाल, यदु खतिवडासहित ५ दर्जन शान्तिवादीको सहभागिता रहेको समाजले जनाएको छ।

प्रदर्शनमा सहभागीहरुले बर्माका नागरिकको जीवन रक्षा गर, शान्ति बहाली गर, लोकतन्त्र बहाली गर, मानवता विरुद्धको अपराध अन्त्य गर, मानव अधिकार उल्लंघन बन्द गर, बर्मेली जनताप्रति ऐक्यवद्धता, सैनिक शासन खारेज गर लेखिएका प्लाकार्ड बोकेका थिए।

HURPES Myanmar 2

प्रदर्शनमा गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपाल, वडाअध्यक्ष रमेश अर्याल, नारायण सुवेदी, राजीव थापा, मनोज ढुंगाना, वडा सदस्य सत्यभाावा श्रेष्ठसहित जनप्रतिनिधिहरुले समेत प्रदर्शनमा सहभागी भई ऐक्यवद्धता जनाएका थिए।

यसैगरी शुक्रबार साँझ नै शान्ति समाजका दाङ, पाल्पा र चितवन शाखाले पनि बर्माका नागरिकको जीवन रक्षा तथा बर्मामा शान्ति र लोकतन्त्रको बहालीको मागसहित तुलसीपुर, तानसेन र भरतपुरमा प्रदर्शन गरेको समाजले जनाएको छ।

चैत २४ गते पनि शान्ति समाजका रौतहट र बाजुरा शाखाले प्रदर्शन गरेका थिए।

HURPES Myanmar 3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .