राजनीति


राप्रपाका तीन अध्यक्षले गरे संगठनहरुमा पदाधिकारी समायोजन, को को बने प्रमुख?

राप्रपाका तीन अध्यक्षले गरे संगठनहरुमा पदाधिकारी समायोजन, को को बने प्रमुख?

नेपालखबर
चैत २५, २०७७ बुधबार १३:०,

राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीको बैठकले सो पार्टीसँग आवद्ध सात संगठनका पदाधिकारीको समायोजन गरेका छन्।

जसअनुसार पार्टीको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनमा अध्यक्ष कुन्तीकुमारी शाही र सहअध्यक्षमा ममता राईलाई चयन गरिएको छ।

उनीहरुले पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनमा अध्यक्षद्वय प्रकाश रिमाल र राजु लोहनी चयन गरेका छन्।

राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनमा कार्यकारी अध्यक्ष महेशबहादुर सिंह र अध्यक्ष धनशुर शाहीलाई चयन गरिएको राप्रपा नेता मोहन श्रेष्ठले जनाएका छन्।

राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनमा ऋषिबाबु परियारलाई अध्यक्ष र सरला बिश्वकर्मालाई सहअध्यक्ष बनाइएको छ।

त्यसैगरी, राष्ट्रिय प्रजातान्त्रिक मुस्लिम संगठनको अध्यक्षमा सलाउद्दिन जसगढ र सहअध्यक्षमा हजबुल मियाँ चयन भएका छन्।

राष्ट्रिय प्रजातान्त्रिक आदिवासी जनजाति संगठनमा लालध्वज लामा र आङ्गनिमा शेर्पा अध्यक्ष रहेका छन्।

राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनको अध्यक्षमा ध्रुव रायमाझी (उदयपुर) र सहअध्यक्षमा राममणि न्यौपाने चयन भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad