राजनीति


नेपालले भने : ओलीले भावनात्मक ब्ल्याकमेलिङ गरे

नेपालले भने : ओलीले भावनात्मक ब्ल्याकमेलिङ गरे

नेपालखबर
चैत २४, २०७७ मंगलबार ९:४,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली सत्ता जोगाउन जोसँग पनि जस्तोसुकै सम्झौता गर्न तयार रहेको आरोप लगाएका छन्।

मंगलबार बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले यस्तो आरोप लगाएका हुन्।

उनले हिजो ओली र प्रचण्ड मिल्दा आफूले नमन्ने बताएको र आज ओली प्रचण्डसँग दूर बढाएर सरकार जोगाउन जोसँग पनि सम्झौता गर्न तयार रहेको बताएका हुन्। उनले ओलीले आफ्नो पक्षका नेता कार्यकर्तालाई ओलीले भावनात्मक ब्ल्याकमेलिङ गरेको आरोप लगाए।

‘माओवादी हुन जाने, प्रचण्डको कार्यकर्ता हुन जाने? हिजो केपी ओली र प्रचण्डको चोचोमोची मिल्दा दुईटाको चोचोमोचो मानिँदैन भन्ने मान्छे मै हुँ’, नेपालले भने, ‘आज आएर प्रचण्ड र अरु पार्टीसँगको दूरी बढाउनका लागि आफू भने सत्ता जोगाउनका लागि अत्यन्त तल्लो दर्जामा गएर सम्झौता गर्न तयार भएको व्यक्तिको बारेमा मैले चर्चा गर्न प्रदैन।’

नेता नेपालले ओलीले आफूहरुका जायज मागको कहिल्यै सुनुवाइ नगरेको बताए।

उनले ओलीले जायज मागको सम्बोधन गर्नुको सट्टा पार्टीको स्थापना गर्ने आफूलाई कारबाही घोषणा गरेर पार्टी विभाजन गर्न खोजेको आरोप लगाए। उनले डर र धम्की दिएर आफू पक्षका नेताहरुलाई तर्साउन खोजेको बताए। उनले ओलीले गरेको कारबाहीदेखि आफूहरु कहिल्यै नडराउने बताए।

‘घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पत्रमा लेखिएको छ, तपाईंहरु प्रतिनिधिसभाको सदस्य हुनुहुन्छ, हाललाई हटाएको छैन। वाहा १ डरले थरथर काप्छन् कि। घुँडा टेक्छन् कि, समर्पण गर्छन् कि, या मेरो पद जोगाइदेऊ भनेर लेख्छन् कि?’, उनले भने, ‘त्यो पद त उहिल्यै गइसकेको थियो। नाथे त्यो पद। उहिले भंग गरेको होइन, प्रतिनिधि सभा?’

उनले ओली व्यक्तिवादी भएको र आदेशमा विश्वास गर्ने व्यक्ति भएको बताए। उनले ओलीले पार्टीले हुकुमी पाराले चलाएको आरोप लगाए।

‘ओली व्यक्तिवादी छन्। उनी आदेशमा विश्वास गर्छा्। उनी पार्टी पनि हुकुमी पाराले चलाउछन्’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad