आज (सोमबार) प्रतिनिधि सभाको बैठक बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक संघीय संसद् भवन (बानेश्वर) मा दिउँसो १ बजे बस्नेछ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यक्रम छ।
यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्नेछन्।
त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।
हेर्नुहोस्, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची :


प्रतिक्रिया