नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले काठमाडौँ जिल्लामा समानान्तर जिल्ला कमिटी घोषणा गर्ने भएको छ।
त्यसका लागि आइतबार उक्त समूहले काठमाडौं जिल्लास्तरीय भेला बोलाएको छ।
भेला अहिले सुरु भएको र भेलामा वरिष्ठ नेता नेपाल र खनालसहित स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सम्बोधन गर्ने कार्यक्रम रहेको एक नेताले बताए।
शनिबार नेपाल खनाल पक्षले ‘पार्टी एकता बचाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ दुई महिने संगठन बिस्तार र सुदृढीकरण अभियान घोषणा गरेको थियो।
नेपाल खनाल पक्षले यसअघि गण्डकी प्रदेशका सबै जिल्ला र अन्य प्रदेशका केही जिल्लामा समानान्तर समिति घोषणा गरिसकेको छ।
3
Shares

प्रतिक्रिया