नवनिर्वाचित सांसद जानकीदेवी रामले आज पद तथा गोपनियताको शपथग्रहण गरेकी छन्।
प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित) मा रिक्त पदमा उनी निर्वाचित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले शपथग्रहण गराएका हुन्।
उनले संसद सचिवालयमा आज अपरान्ह सपथ लिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित) तर्फबाट निर्वाचित सांसद सानु सिवा पहाडीको निधन भएपछि रिक्त स्थानमा जानकी देवी रामलाई निर्वाचित गरिएको हो।

नेकपा–एमालेकी ताप्लेजुङ निवासी सांसद सिवाको असोज २८ गते निधन भएको हो।
जानकी देवी राम सिरहा निवासी हुन्।
समानुपातिक प्रणालीतर्फको पद कुनै कारणले रिक्त हुन गएमा सम्बन्धित दलबाट बुझाइएको समानुपातिक सूचिको सोहि समूहको त्यसपछिको क्रमसंख्यामा रहेको उम्मेदवारलाई सांसद बनाउने व्यवस्था छ।

प्रतिक्रिया