नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता शंकर पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताका नाममा फुटाउने अभियान सञ्चालन गर्न लागेको आरोप लगाएका छन्।
शनिबार कलंकीको मेगा पार्टी प्यालेसमा बसेको नेपाल–खनाल पक्षको स्थायी समिति बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।
यसैविरुद्ध लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेता पोखरेलले कटाक्ष गरेका हुन्।
‘एकता जोगाउने सुन्दर नारामा एकता भत्काउने अभियान चल्नु राम्रो होइन,’ शनिबार राति सामाजिक सञ्जालमार्फत पोखरेलले भनेका छन्, ‘यस्तो अभियानले कैयौं नेता/कार्यकर्ताको भविष्य अनिश्चित बन्न सक्छ।’


प्रतिक्रिया