प्रधानमन्त्री केपी शर्मा ओलीले कतिपय व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न जनतालाई अलमल्याउन खोजेको आरोप लगाएका छन्।
शुक्रबार मेलम्ची खानेपानी आयोजनाकाे पानी उपत्यकामा वितरण गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पदमा जान नपाएपछि केही व्यक्तिले ‘प्रतिगमन भयो’ भन्दै जनतालाई अल्मल्याउन खोजेको बताए।
‘खोइ कहाँ भयो प्रतिगम? प्रतिगमन भनेको सामान्य कुरा हो? आफू पदमा जान नपाएपछि जनता अल्मल्याउन खोज्ने?’ ओलीले प्रश्न गरे, ‘लोकतन्त्र खतरामा पर्यो। गणतन्त्र खत्तम भयो। झन् संघीयता त बर्बादै पार्न आँटे भनेर हल्लाखल्ला मच्चाइयो।’
उनले संसद पुनर्स्थापना भएपनि त्यसले काम गर्न नसकेको बताए।
सरकारलाई काम गर्न नदिइएको उल्लेख गर्दै अहिले पनि त्यो प्रयास कायम रहेको तर, सरकारले तीब्र विकास गरेको दाबी गरे।

प्रतिक्रिया