ad ad

राजनीति


पुनरवलोकन मुद्दा अस्वीकार गरेपछि प्रधानन्यायाधीशप्रति खगेन्द्र संग्रौला आक्रोशित

पुनरवलोकन मुद्दा अस्वीकार गरेपछि प्रधानन्यायाधीशप्रति खगेन्द्र संग्रौला आक्रोशित

नेपालखबर
चैत १९, २०७७ बिहिबार १५:५२,

नेकपा खारेजको फैसला पुनरवलोकन माग गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको मुद्दा सर्वाेच्च अदालतले अस्वीकार गरेपछि लेखक खगेन्द्र संग्रौलाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आक्रोश व्यक्त गरेका छन्।

प्रधानन्यायाधीश राणासहितको पूर्ण इजलासले एमाले र माओवादी केन्द्र ब्युँताइएको फैसला पुनरवलोकन नगर्ने निर्णय गरेको दिन बिहीबार राति नागरिक अभियन्तासमेत रहेका साहित्यकार संग्रौलाले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन्।

संग्रौलाले भनेका छन्, ‘ सर्वोच्चका महामहिम चोले (चोलेन्द्रशमशेर) को फैसलाको ठाडो शिक्षा– जसले जगदगुरु खड्गप्रसाद शर्मा ओलीसँग जोरी खोज्छ, त्यसको हविगत पुष्पकमल दाहाल प्रचण्डको जस्तो हुन्छ। नपत्याए हेर!’

khagatwicho

निर्वाचन आयोगमा आफूले पहिले दर्ता गरेको नेकपाले मान्यता पाउनुपर्ने माग गर्दै ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते उनकै पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र मिलेर पछि दर्ता नेकपा खारेज गरिदिएको थियो।

त्यसप्रति असन्तुष्ट हुँदै तत्कालीन नेकपाका एक जना अध्यक्ष एवं र हाल पुनर्स्थापित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनरवलोकन माग गर्दै यही चैत १७ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए। तर प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणासहितको पूर्ण इजलासले आज पहिलेकै फैसला सदर गर्दै पुनरवलोकन गर्न नमिल्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .