पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी केपी शर्मा ओली नेतृत्वको सरकारमा नजाने प्रस्ट पारेका छन्।
बिहीबार दिउँसो सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लख्दै अध्यक्ष डा. भट्टराईले रेशम चौधरीलगायतका राजबन्दीको रिहाइलाई ओलीको सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका हुन्।
उनले राजपाले ओलीतन्त्रको घाँस नखाने भन्दै यसबारे सबैलाई सचेत बनाएका छन्।
उनीले बीपीको रिहाइको माग गर्ने कांग्रेस राणासरकारमा नभएको पञचायतमा पनि आफ्ना कार्यकर्ता रिहाइको माग गर्ने कांग्रेस र कम्युनिस्टहरु सरकारमा नगएको उदाहरण दिँदै जसपा पनि सरकारमा नजाने बताएका हुन्।
‘रेशम चौधरीलगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो! के आफ्ना नेता–कार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पञ्चायत छिरेका थिए? जसपाले ओलीतन्त्रको घॉस खान्न! चेतना भया!’, भट्टराईले ट्विटरमा लेखेका छन्।
रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए?जसपाले ओलीतन्त्रको घाॅस खान्न!चेतना भया!
— Baburam Bhattarai (@brb1954) April 1, 2021सरकारमा जाने र नजाने विषयमा जसपामा मतभेद भइरहेका बेला डा. भट्टराईको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो।
जसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो लगायत सरकारमा जान तयार छन् भने अध्यक्ष उपेन्द्र यादव र डा. भट्टराई ओली सरकारमा सहभागी हुन नहुने पक्षमा छन्।

प्रतिक्रिया