ad ad

राजनीति


प्रचण्डले दिएको पुनरवलोकन मुद्दाको अग्निपरीक्षा आज, प्रधान न्यायाधीशसहितको बेन्चमा सुनुवाइ हुँदै

प्रचण्डले दिएको पुनरवलोकन मुद्दाको अग्निपरीक्षा आज, प्रधान न्यायाधीशसहितको बेन्चमा सुनुवाइ हुँदै

नेपालखबर
चैत १९, २०७७ बिहिबार ५:९,

नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गर्ने फैसलाविरुद्ध पुष्पकमल दाहाल प्रचण्डले दिएको पुनरवलोकन निवेदन प्रधानन्यायाधीशसहितको बेन्चमा पेसी तोकिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश तेजबहादुर केसी र न्यायाधीश प्रकाशकुमार ढुंगानाको पूर्ण इजलासमा आज (बिहीबार) का लागि दोस्रो नम्बरमा पेसी तोकिएको हो।

इजलासले आजै मुद्दा पुनरवलोकनमा लैजाने वा नलैजाने भन्ने निर्णय गर्नेछ। पुनरवलोकन गर्न आवश्यक ठाने बिहीबार नै निस्सा दिनेछ।

निसा दिएमा मात्र यो मुद्दामा पुनः बहस हुनेछ र अदालतले अर्को आदेश दिनेछ। निस्सा नदिएमा भने यसअघिकै फैसला सदर हुनेछ। 

आफ्नो नेकपाले मान्यता पाउनुपर्ने माग राखी ऋषि कट्टेलले २ वर्षअघि दिएको मुद्दा गत फागुन २३ गते उनकै पक्षमा फैसला गर्दै पछि दर्ता नेकपा खारेज तथा यसमा मिसिएका एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम गरिदिएको हो।

यसैमा चित्त नबुझेर तत्कालीन नेकपाका एक जना अध्यक्ष एवं अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार फैसला पुनरवलोकन माग गर्दै निवेदन दिएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .