राजनीति


शिक्षण पेशाप्रति अरुचीका कारण शिक्षामा सुधार हुन सकेन : शिक्षामन्त्री

शिक्षण पेशाप्रति अरुचीका कारण शिक्षामा सुधार हुन सकेन : शिक्षामन्त्री

नेपालखबर
चैत १८, २०७७ बुधबार १२:२०,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक पेशाप्रति मानिसहरुको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित सिकाइ आदान–प्रदान तथा आगामी कार्यदिशासम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षक पेशाप्रतिको अरुचिका कारण सरकारी विद्यालयहरुको पढाई कमजोर भएको बताए।

उनले कुनै पनि व्यक्तिले आफ्नो पढाइ सकिएपछि अन्त कतै रोजगारी नपाए मात्रै शिक्षक पेशा रोज्ने प्रवृतिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताए। उनले शिक्षक पेशामा आउनेहरु पनि अन्यत्र जागिर पाउने वित्तिकै जाने प्रवृतिले बालबालिकाको भविष्य माथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताए।

‘हामीहरु राम्रो पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहींकतै जागिर नपाइसकेपछि (क्षमा गरिदिनुहोला) अनि शिक्षण पेशामा आउने। शिक्षण पेशामा आएर पनि एउटा खुट्टा स्कुलमा र अर्को खुट्टाले जागिरको खोजीमा, जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविष्यको बारेमा चिन्ता नलिइदिने, त्यो स्कुलको बच्चाहरु मुलुकका भविष्यका कर्णधार जसको भविष्यसँग मुलुकको भविष्य गासिँएको छ, त्यस बारेमा हामी कति गम्भीर बन्छौं र चिन्तित बन्छौैं’, उनले भने।

विकसित मुलुकका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रुपमा विपन्न, निम्न आयस्रोत भएका, असाहय, अनाथ, आर्थिक रुपमा विपन्न, दलत वर्गले मात्रै पढ्न आउने गरेको बताए। सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस भन्ने तर्फ सचेत रहेको पनि मन्त्री श्रेष्ठले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad