कारोबार


सिटिजन लाइफद्वारा तीन वर्षदेखि सञ्चालित ‘विद्यार्थीसँग बीमा’ कार्यक्रम लोकप्रिय

सिटिजन लाइफद्वारा तीन वर्षदेखि सञ्चालित ‘विद्यार्थीसँग बीमा’ कार्यक्रम लोकप्रिय

नेपालखबर
चैत १८, २०७७ बुधबार १२:१६,

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले विगत तीन वर्षदेखि विभिन्न विद्यालय तथा कलेजहरुमा ‘विद्यार्थीसँग बीमा’ कार्यक्रम गर्दै आइरहेको छ।

कम्पनीले आफ्नो स्थापना कालदेखि नै जीवन बीमा व्यवसायलाई विस्तृत रुपमा हरेक नेपालीको पहुँचमा पुर्‍याइ बीमाको सचेतना बढाउने उद्देश्यले सो कार्यक्रम सञ्चालन गरेको हो।

कम्पनीका ब्रान्ड एम्बेस्डर मदनकृष्ण श्रेष्ठद्वारा उद्घाटन गरिएको सो कार्यक्रम सर्वसाधारणका लागि निकै नै सचेतनामुलक र लाभदायी देखिएको छ। यस कार्यक्रमले गाउँ–गाउँमा बीमा प्रति जनचेतना जगाउन निकै मद्दत पुगेको कम्पनीले जनाएको छ।

जीवन बीमाको दायरा फराकिलो बनाउने उद्देश्यका साथ अघि बढ्दै कम्पनीले पहिलो वर्ष ३० वटा विद्यालय र कलेज गरी करिब पाँच हजार चार सय विद्यार्थी, दोश्रो वर्ष ८७ वटा विद्यालय र कलेज गरी १९ हजार गर्दै अहिले तेस्रो वर्षमा आइपुग्दा करिब ४० वटा विद्यालय र कलेज गरी ७ हजार २ सय भन्दा बढी विद्यार्थीलाई बीमा सम्बन्धी ज्ञान दिइएकाे छ।

बीमा के हो, बीमा किन जरुरी छ, यसबाट के कस्ता फाइदा लिन सकिन्छ र यस्का अन्य सम्बन्धित सुरक्षा योजनाहरुको बारेमा सचेत गराउन सफल भएको छ। कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने विद्यालय तथा कलेजहरुमा सो कार्यक्रम आयोजना गर्दै आइरहेका छन्।

विद्यार्थीहरु सचेत हुँदा उनीहरुले आफ्नो घरमा रहेका सम्पूर्ण परिवारका सदस्यलाई जीवन बीमाको महत्वबारे बुझाउन सक्नेछन् र बेला छँदै जीवन बीमा गरे बीमाशुल्क पनि कम हुने र सोही कम शुल्कले नै ठुलो जोखिम न्युनिकरण हुने हुनाले कम्पनीले विद्यार्थीहरुलाई पहिले सचेत गराउनु उचित ठानेको जनाएको छ।

समाजमा छरिएर रहेको स–सानो बचतलाई बीमाशुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरवका विभिन्न परियोजना निर्माण गर्न आवश्यक पूँजी जुटाउन जीवन बीमाले महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै देशको राजस्व संकलन र आर्थिक उन्नतिमा समेत मद्दत पुर्‍याएको छ।

जीवन बीमा मात्र एक त्यस्तो भरपर्दो साधन हो जसले फजुल खर्च गर्नबाट बचाउँछ। साथै विभिन्न अनिश्चितताले भरिएको मानव जीवनमा जीवन बीमाले जोखिम हस्तान्तरण गराउने र क्षतीपूर्तिका माध्यम बाट जोखिम व्यवस्थापन गर्ने कार्य समेत गर्दछ।

साथै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्धेश्यका साथ डिजिटल सिटिजन कार्यक्रम, हरेक व्यक्तिलाई स्वरोजगार बनाउने सिटिजन स्वरोजगार अभियान जस्ता विभिन्न कार्यक्रमहरु लगायत नवीनतम बीमा योजना र व्यवसायिक तथा दक्ष सिटिजन लिडरहरु सहितको सिटिजन टिम मार्फत कम्पनीले भविष्यमा वित्तीय तथा सामाजिक लक्ष्य हासिल गर्दै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad