ad ad

राजनीति


जनताले चुनाव चाहेका छैनन् : सांसद केसी

जनताले चुनाव चाहेका छैनन् : सांसद केसी

नेपालखबर
चैत १८, २०७७ बुधबार ८:२,

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले जनताले अहिले चुनाव नचाहेको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले जनताले चुनाव भन्दा आर्थिक मन्दीमा राहत खोजिरहेको बताए।

‘जनताले अहिले चुनाव चाहेका छैनन्’, सांसद केसीले भने, ‘जनताले अहिले कोरोनाबाट उत्पन्न आर्थिक मन्दीबाट राहत खोजेका छन्। जनता अहिले राहत चाहिरहेका छन्, चुनाव होइन।’

उनले होलीको दिन बागलुङमा भएको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनले अपराधमा संलग्नलाई कानुनी कारबाही गर्न माग समेत गरे।

 संसदको पुनरबहाली हुनु भएको र त्यसमा सभामुखले भूमिका खेलेको भन्दै आभार समेत व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .