राजनीति


मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

नेपालखबर
चैत १७, २०७७ मंगलबार १४:२४,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता गरिएको छ।

गत पुस १२ गते मुख्यमन्त्री राईमाथि प्रदेश सभाको विश्वास छैन भनी तत्कालीन नेकपाका प्रदेश सभा सदस्यहरुको तर्फबाट अविश्वास प्रस्ताव दर्ता गरिएको थियो।

तत्कालीन नेकपा भित्रका असन्तुष्ट पक्षले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए।

राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव मंगलबार फिर्ता लिइएको नेपालखबरलाई बताए।

‘फागु २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपालाई खारेज गरी नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा पुनस्र्थापना गराइदिएपछि नयाँ राजनीतिक परिस्थिति निर्माण भएकोले अविश्वासको प्रस्तावमाथि समर्थन गर्ने हामी प्रदेश सभा सदस्यहरुले अविश्वास प्रस्ताव माथिको समर्थन फिर्ता लिएका छौं,’ उनीहरुले प्रदेश सभा सचिवालयलाई दिइएको जानकारी पत्रमा भनिएको छ।

प्रदेश सभा सदस्यहरु भीमप्रसाद आचार्य, राजेन्द्रकुमार राई, जीवन घिमिरे, गणेशकुमार काङवाङ, तुलसीप्रसाद न्यौपाने, लछुमन तिवारी, उपेन्द्रप्रसाद घिमिरे, लिलाबल्लभ अधिकारी, खिनु लिम्बु, पदमकुमारी गुरुङ, सरिता थापा, सुनिताकुमारी चौधरी, होमकुमारी साँवा, यशोदा अधिकारी, सावित्राकुमारी रेग्मी र सावित्रा जोशीले सो प्रस्ताव फिर्ता गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad