कारोबार


‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा थप डिभाइज थप्दै रियलमी

‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा थप डिभाइज थप्दै रियलमी

नेपालखबर
चैत १७, २०७७ मंगलबार १४:१६,

रियलमीको सबैभन्दा पछिल्लो उत्पादन युआई २.० मा आधारित ‘जेट’ जेनेरेसनको एन्ड्रोइड फोनमा कम्पनीले अन्य नयाँ उपकरणहरुमा (रियलमी डिभाइज) थप गर्ने भएको छ।

विश्वमा छोटो समयमा तीव्र गतिमा बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड ‘रियलमी’ले गत सेप्टेम्बर, २०२० मा रियलमी युआई २.० लाई नेपाली बजारमा उतारेको थियो।

प्रयोगकर्ताहरुका माझ अपरेटिङ प्रणालीमा सफलताका साथ ट्रेन्डसेटिङ मोबाइल फोनका रुपमा देखा परेको यस फोनमा प्रयोगकर्ताहरुबाट ‘जेट’ जेनेरेसनका लागि अधिक प्रतिकृया (फिडब्याक) प्राप्त भएको कम्पनीले जनाएको छ। यसैलाई मध्यनजर गरी कम्पनीले युवा वर्गको मागलाई सम्बोधन गर्दै प्रविधिमा सामाजिकीकरण, सक्षम र प्रोत्साहन प्रदान गर्न कम्पनीले नयाँ संस्करणको एन्ड्रोइड सहित अन्य नयाँ रियलमी फोनहरुमा ल्याउन लागेको हो।

नयाँ रियलमी युआई २.० को विरासतलाई सम्मान गर्दै डिभाइजमा थप नयाँ आकर्षक सुधार जस्तै नयाँ ‘एन ए आर जेट ओ’ (उच्चकोटीको क्यामेरा, ए क्लास प्रोसेसर, उल्लेख्या ब्याट्री क्षमता, सफल डिजाइन, शक्तिशाली डिस्प्ले) डिभाइजका साथ एक्स फाइभ प्रो फाइभजी डिभाइजका लागि कम्पनीले अनुमति पाएको छ, जुन ओएसको प्रारम्भिक संस्करणमा उपलब्ध छ।

रियलमी युआई २.० खुला बीटा स्टाटस
नयाँ रोडम्यापले रियलमीका ८ ब्राण्डलाई रियलमी युआई २.० को प्रारम्भिक पहुँच बीटाका लागि योग्य पुष्टि गरेको छ। उक्त सूचिमा मे र जुन २०२१ मा क्रमशः सी १५ सिरिजको संस्करणको फोनलाई समेटिएको छ। रियलमी एक्स २, रियलमी ६, रियलमी सी–१२ र रियलमी सी–१५ जस्ता अन्य डिभाइजहरु पहिले नै एक्सेस प्रोग्राममा शुरु भइसकेका छन्।

रियलमी युआई २.० रियलमी ७ लाई एन्ड्रोइड ११ ओपेन बीटा एक्सेसमा समावेश गर्छ
इच्छुक रियलमी ७ का प्रयोगकर्ताले समेत स्थिर संस्करण तयार हुनु अघि नै युआई अनुभूतिका लागि ओपन बीटा प्रोग्रामको प्रयोग गर्न सक्नेछन्। प्रयोगकर्ताले खुला बीटाका लागि सेटिङमा गएर ‘ट्राइल भर्जन’मा क्लिक गरेर सफ्टवेयर अपडेट गर्नुपर्ने हुन्छ। यसलाई शुरु गर्न अघि तपाईँको फोनमा ब्याट्री ६० प्रतिशत भन्दा बढी र मेमोरी ५ जीबी खालि हुन जरुरी छ।

अनुकूलताका साथ युवामाझ सीर्जनशिलता
सीर्जनशिलताका लागि ट्रेन्डसेटर मोबाइल फोनका रुपमा युआई २.० मा आधारित ओएस सिस्टमको मोबाइल फोन महत्वपूर्ण छ । र यसको लक्ष्य रियलमी युआईको प्रयोग अनुकूल बनाउँदै युवापुस्तामाझ सिर्जनशिलता जारी गर्नु रहेको छ । अपग्रेड गरिएको ओएसले तृतीय पक्ष आइकोन र लन्चरका लागि तेस्रो पक्षीय सुविधा समेत प्रदान गर्दछ ।

रियलमी युआई २.० मा थुप्रै एओडी विकल्प, फन्ट र आइकोन कस्टुमाइजेसन, अनुकूल डार्क मोड आदि जस्ता नयाँ थिम कलर र थुप्रै थप विशेषताहरु पनि रहेका छन्। मिडिया प्लेयर, आउटपुट स्वीचर र बबल नोटिफिकेसनमा पनि रियलमी ११ सँग विशिष्ट अनुभूति रहेका छन्।

realme-srijansilata.jpg

ट्रेन्डसेटरका रुपमा रियलमीले ट्रेन्डसेटिङ युआई डिजाइनलाई पनि प्राथमिकता दिएको छ, औद्योगिक नेतृत्वदायी डिजाइनरका साथ गोल्डेन सर्कल एण्ड मोन्ड्रियन प्याटर्न लगायतबाट प्रभावित छ, कम्पनीले ट्रेन्डसेटिङ र सरल बनाउन युआई अपग्रेडमा विशेष ध्यान दिएको छ। विश्वका चर्चित कलाकार र संगीतज्ञसँग मिलेर समान रणनीतिका लागि रियलमीले ‘जेट’ जेनेरेसनमा थुप्रै ट्रेन्डसेटिङ विकल्प प्रदान गरेको छ।

 दक्ष सामाजिक जीवनसँगै उत्कृष्ट अनुभव र गोपनियता सुविधाका लागि
प्रविधिको युगमा हरेकले साइबर जीवन उत्कृष्ट र खुसी बनाउन चाहन्छन्। रियलमी युआई २.० को लक्ष्य प्रयोगकर्ताको गोपनियताका साथ यसका लागि सुरक्षित प्लेटफर्म प्रदान गर्नु हो। ‘डिप सी प्राभइभेसी’का साथ प्रयोगकर्ताको डाटा सुरक्षित राख्न र व्यापक सुविधा प्रदान गर्नका लागि रियलमी सँधैँ गम्भीर छ। ‘डिप सी प्राइभेसी’ फिचरले तपाईँको निजी सूचना र डाटाहरु कुनै पनि एपबाट ब्ल्यांक अकाउन्टमा प्रसारण हुनबाट जोगाउँछ र तपाईलाई सुरक्षित बनाउँछ।

तपाईँलाई आफ्नो डाटा लुकाएर राख्न युआई २.० ले मद्दत गर्छ र कसैले पनि तपाईँले लुकाएर राखेका एप भेटाउन सक्दैन। प्रयोगकर्तालाई सुरक्षित बनाउन, अनलाइन पेमेन्ट सुरक्षित गर्न यो हितकारी हुनेछ।

तपाईँको जीवन थप आकर्षक र कुशल बनाउन रियलमी युआई २.० ले थप फ्लोटिङ र मिनी विन्डो एण्ड स्लिप क्याप्सुल सुविधा प्रदान गरेको छ। नयाँ युआईले प्रणाली स्रोत ४५ प्रतिशत, सिस्टम गति ३२ प्रतिशत र फ्रेम रेट स्थिरता १७ प्रतिशतले वृद्धि भएको प्रमाणित भइससकेको छ।

प्रविधि कम्पनीका रुपमा रियलमीले आफ्ना युवा प्रयोगकर्तालाई सँधैँ ध्यानमा राखी ट्रेन्डसेटिङ कुशल जीवनका लागि उत्कृष्ट हार्डवेयर, सफ्टवयर र इको सिस्टमलाई ध्यानमा रखेको छ। रियलमी २.० ले जेट जेनेरेसन अन्तर्गत निर्वाध मनोरञ्जन र दक्ष सामाजिक जीवन प्रदान गर्नेमा कम्पनी विश्वस्त छ। नेपाल आउन लागेका थप नयाँ ८ सिरिजका रियलमी फोन चाँडै नयाँ युआई अपग्रेडका साथ आउनेछन्। भविष्यमा रियलमीले युआईलाई थप सुधार गर्दै उत्पादन र अनुभूतिलाई थप शानदार गर्दै जानेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad