जोरपाटी-साँखु सडकखण्डमा अवरोध भएका ठाउँलाई छोडेर सडक निर्माण कार्य सूचारु भएको छ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजना अन्तर्गत सडक विस्तार कार्य हुन लागेको यस सडकखण्डको खुलालटार क्षेत्रमा स्थानीयको अवरोध हुँदै आएको थियो।
स्थानीयले मुआब्जा प्राप्त नभएसम्म सडक विस्तार कार्य सुरु गर्न नदिने भन्दै अवरोध गरेपछि काम रोकिएको छ। आयोजनाका इन्जिनियर बसन्तकुमार गाईंले स्थानीयले सडकमै सुतेर अवरोध गरेका कारण काम प्रभावित भएको बताए। तरपनि अवरोध नभएका ठाउँमा सडक निर्माण कार्य सूचारु गरिएको इन्जिनियर गाईंले बताए।
जोरपाटी-साँखु सडक खण्डको खुलालटार क्षेत्रमा ६०÷७० घरधुरीलाई करिब १२ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी छ। सडक खण्ड २२ मीटरको चौडा हुने छ।
जसमा दुई दुई मिटर फुटपाथ रहने छ भने सडकको भाग १८ मिटर रहने छ। कुल ११.४६ किलोमिटर लम्बाई रहेको चाबहिल-जोरपाटी-साँखु सडक खण्ड मध्ये चाबिहल देखि जोरपाटी बागमती पुल सम्मको सडक कालोपत्रे भइसकेको छ।

प्रतिक्रिया