नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २० पृष्ठको अन्तर पार्टी निर्देशिका (अपानी) जारी गरेका छन्।
गत फागु २८ र चैत ७ गते बसेको नेकपा एमालेको केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी दिन अध्यक्ष ओलीले अन्तर पार्टी निर्देशिका जारी गरेका हुन्।
चैत १३ गते जारी गरिएको अपानीमा सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछिको अवस्था, पार्टी काम सञ्चालन गर्नको लागि सहज बनाउनेगरी पार्टी विधानले दिएको अधिकार प्रयोग गर्दै बाधा अड्काउ फुकाउने निर्णय गरेको उल्लेख गरिएको छ।
माओवादी र एमालेको एकतापछि बनेको कम्युनिस्ट पार्टी (नेकपा) को जिम्मेवारीमा रहेका साविकको एमालेका नेताहरुको जिम्मेवारी हेरफेर र तत्कालीन नेकपा (माओवादी केन्द्र) मा रहेका तर अदालतको आदेशपछि वैचारिक रुपमा हाल एमालेमा रहने नेताहरुको सांगठनिक व्यवस्थापनसहित पार्टी काममा संलग्न गराउन विधान संशोधन लगायतका काम भएको अपानीमा जनाइएको छ।
वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको अनुपस्थितिमा बसेको ओली पक्षको केन्द्रीय समित बैठकले गरेका एकलौटी निर्णयलाई उनले अन्तर पार्टी निर्देशिकामार्फत तल्ला कमिटीसम्म पु¥याएका हुन्।
यस्तो छ अन्तरपार्टी निर्देशिका
प्रतिक्रिया