ad ad

राजनीति


संसदीय मामिला पत्रकार समाजमा बगालेको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित

संसदीय मामिला पत्रकार समाजमा बगालेको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित

नेपालखबर
चैत १४, २०७७ शनिबार ११:५६,

संसदीय मामिला पत्रकार समाजमा सञ्जीव बगालेको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ।

अध्यक्ष पदका लागि बगाले र अर्की प्रत्याशी कृष्णा पौड्यालबीच भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन्।

उपाध्यक्षमा डीपी उपाध्याय र तुलसी सापकोटा, महसचिवमा विष्णु खड्का, सचिवमा जयसिंह महरा र दिपेश श्रेष्ठ र कोषाध्यक्षमा सृजना घिमिरे निर्वाचित भएका छन्।

त्यसैगरी संदस्यमा अंगराज न्यौपाने, अमरदीप श्रेष्ठ, आकाश क्षेत्री, केशव भूल, किरण दहाल, रोसन सापकोटा, सविता शर्मा, शम्भु दंगाल निर्वाचित भएका छन्।

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आज शनिबार भएको समाजकाे अधिवेशन सभामुख अग्निप्रसाद सापकोटाले उद्घाटन गरेका थिए।

संघीय संसदलाई मूख्य कार्यथलो बनाएर रिपोर्टिङ गर्ने पत्रकारहरु संसदीय मामिला पत्रकार समाजमा आवद्ध रहने गरेका छन्।

यो पनि : 
संसदीय मामिला पत्रकार समाजको निर्वाचन आज, प्रतिस्पर्धामा जुटे सञ्चारकर्मी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .