नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पीडितहरुको मोर्चा बनाएर लडाइँ लड्नुपर्ने बताएका छन्।
शनिबार बृहत नागरिक आन्दोलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गरेको ‘नागरिकको प्रश्न दलहरुको जवाफ’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनता समाजवादी पार्टी र माओवादी केन्द्र दुवै पीडित भएका कारण पीडितहरु मिलेर लड्नु पर्ने बताए हुन्।
‘ममाथि मुद्दा छैन ? मेरा साथीहरु जेलमा छैनन् भन्ने ठान्नु भएको छ महन्थ जी ?’ उनले भने, ‘त्यसैले तपाईं पनि पीडित म पनि पीडित, हामी पीडित पीडित मिल्ने हो।’
उनले आफूले केपी शर्मा ओलीलाई हराएको र पार्टी साधारण सदस्यबाट समेत निष्काशन गरेको बताए।
उनले आफू ओली प्रवृत्तिविरुद्ध अझै दुई चार दिन संसदमा प्रयास गर्ने र भएन भने सडकमा आउने बताए।
Shares

प्रतिक्रिया