प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका सांसद पनि सहभागी भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका एमाले नेता शंकर पोखरेल खुसी भएका छन्।
शुक्रबार दिउँसो प्रधानमन्त्रीको निवास (बालुवाटार) मा बसेको संसदीय दलको बैठकमा माधव नेपाल र भीम रावल उपस्थित नभए पनि झलनाथ खनाललगायत नेपाल पक्षका सांसद सहभागी भएका थिए।
यसले सुखद सन्देश दिएको भन्दै नेता पोखरेलले शुक्रबार राति सामाजिक सञ्जालमार्फत खुसी प्रकट गरेका हुन्।
‘आज (शुक्रबार) को संसदीय दलको बैठकले सुखद सन्देश दिएको छ,’ नेता पोखरेलले भनेका छन्, ‘कमजोर बनेको पार्टीमा पुनर्जागरण ल्याउने नेताका विरुद्धको समीकरण र घेराबन्दी ठीक थिएन।’
तर बैठकमा दुई पक्षबीच सहमति हुने संकेत देखिएन।
यो पनि : संसदीय दलमा ओलीले भने : फागुन २८ को निर्णयबाट पछाडि फर्कन सकिँदैन
Shares

प्रतिक्रिया