राजनीति


कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन् : पीडा सहन नसक्ने अवस्थामा छु

कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन् : पीडा सहन नसक्ने अवस्थामा छु

नेपालखबर
चैत १३, २०७७ शुक्रबार १६:४,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता नविन्द्रराज जोशीको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन्।

पौडेलले शुक्रबार राति सामाजिक सञ्जालमा लेख्दै ‘आम जनताका ढुकढुकी लोकप्रिय नेता जोशीको निधनको खबरले मर्माहत बनाएको’ बताएका छन्।

‘नेपाली कांग्रेसका भरोसायोग्य नेता जोशी राजनीतिक मात्र नभएर उच्च सामाजिक भावना भएका नेता गुमाउँदा म पीडा सहन नसक्ने अवस्थामा छु’ पौडेलले भनेका छन्।

केही हप्तादेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार साँझ निधन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad