समाज


पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

नेपालखबर
चैत १३, २०७७ शुक्रबार १५:४२,

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जिल्लाको खडक नगरपालिका–४ पनसेरामा आज पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङको ज्वालामुखी गाउँपालिका–४ का ३८ वर्षीय चामबहादुर रानामगर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१५ प २५६५ नम्वरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा २० च २१५९ नम्वरको महिन्द्रा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालक मगर गम्भीर घाइते भएका थिए। उनको उपचारको लागि लहानतर्फ पठाउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad