ad ad

राजनीति


प्रचण्ड र नेपालको साथ छाडेका ४ सांसदलाई मुख्यमन्त्री राईले बनाए मन्त्री, १ बजे शपथ

प्रचण्ड र नेपालको साथ छाडेका ४ सांसदलाई मुख्यमन्त्री राईले बनाए मन्त्री, १ बजे शपथ

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ६:१८,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्।

शुक्रबार मुख्यमन्त्री राईले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेको उनको प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।

मुख्यमन्त्री राईले माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला, नेपाल–खनाल समूह छाडेर ओली समूहमा लागेकी उषाकला राईलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका हुन्।

त्यस्तै कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रालयका राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्रीमा बढुवा भएका छन्। मगर यसअघि नेपाल पक्षमा भए पनि पुस ५ गतेपछि ओली समूहमा लागेका थिए।

सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी उषाकला राईले आफूलाई दिउँसो १ बजेका लागि शपथ ग्रहणका लागि खबर खाएको बताइन्। ‘१ बजे शपथग्रहणमा आउनु भनेर खबर आएको छ’, राईले नेपालखबरसँग भनिन्।

राईले माओवादी केन्द्र र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छाडेका सांसदहरुलाई मन्त्री नियुक्त गरेका हुन्। योसँगै प्रदेश १ को मन्त्रिमण्डल ९ सदस्यीय बन्नु पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड र नेपाल पक्षका मन्त्रीहरुले राजीनामा दिएका थिए।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले गत पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। जुन प्रदेश सभामा टेबल भइसकेको छ।

त्यसयता अल्पमतमा परेका मुख्यमन्त्री राई सर्वोच्च अदालतले नेकपा भंग गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेपछि उनी फेरि बहुमतामा पुगेका हुन्।

बुधबार बसेको एमाले प्रदेश १ संसदीय दलको बैठकले मुख्यमनत्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने एमालेका सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन एक हप्ताको समय दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .