ad ad

राजनीति


रेशम चौधरीको रिहाइ र संविधान संशोधन मुद्दालाई सत्ता-स्वार्थको साधन नबनाइयोस् : डा. भट्टराई

रेशम चौधरीको रिहाइ र संविधान संशोधन मुद्दालाई सत्ता-स्वार्थको साधन नबनाइयोस् : डा. भट्टराई

नेपालखबर
चैत १३, २०७७ शुक्रबार १:५०,

रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीको निःसर्त तुरुन्त रिहाइ गर्न जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसका लागि जससपाले आफूलाई सत्ता समीकरणमा साथ दिनुपर्ने सर्त राखिरहेका बेला त्यस पार्टीका एक शीर्ष नेता डा. भट्टराईले आफ्ना मुद्दालाई सत्ता-स्वार्थनिम्ति मोलतोलको साधन नबनाउन चेतावनी दिएका हुन्।

थारूलगायत उत्पीडितको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन जसपाको सर्वसम्मत अडान रहेको उनको भनाइ छ।

‘रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरुन्त र निःसर्त गर। थारूलगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुनेगरी संविधान संशोधन गर,’ शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो। यो क्षणिक सत्ता-स्वार्थनिम्ति मोलतोलको साधन नबनोस् र भ्रमको खेती नहोस !’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .