राजनीति


माओवादी केन्द्रका आङबुहाङ एमाले संसदीय दलको बैठकमा सहभागी

माओवादी केन्द्रका आङबुहाङ एमाले संसदीय दलको बैठकमा सहभागी

नेपालखबर
चैत ११, २०७७ बुधबार ६:५५,

नेकपा माओवादी केन्द्रका प्रदेश १ का सांसद टंक आङबुहाङ एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन्।

बुधबार बसेको एमाले प्रदेश १ को संसदीय दलको बैठकमा माओवादी केन्द्रका दलका नेता समेत रहेका आङबुहाङ पनि सहभागी भएको मुख्यमन्त्री शेरधन राईका स्वकीय सचिव ध्रुव सुवेदीले जानकारी दिए।

‘एमाले संसदीय दलको बैठकमा आङबुहाङ पनि सहभागी हुनुहुनथ्यो’, नेपालखबरसँग सल्लाहकार सुवेदीले भने।

बैठकले संसदीय दलको विधान पारित गर्नुका साथै १५ सदस्यीय संसदीय बोर्ड समेत गठन गरेको छ। त्यस्तै बैठकले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका एमाले सांसदहरुलाई एक हप्ताभित्र उक्त हस्ताक्षर फिर्ता लिन निर्देशन समेत दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad